Sajhamanch Archive

मुस्ताङकाे कोवाङमा भिषण हिमपहिरो, भागदौडमा सात जना घाइते

Published: in विविधा, समाज by .

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ । हिमपहिरो आएपछि भाग्ने क्रममा विद्यार्थीसहित ७ जना घाइते भएका छन् । घाइतेहरुको जोमसम अस्पतालमा उपचार भइरहेको थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले इकान्तिपुरलाई जानकारी दिएकी छिन् ।

आइतबार बिहान ११ बजेर ४० मिनेटमा टुकुचे पिक हिमालबाट हिम पहिरो खसेको मुस्ताङका जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन् । प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार अहिलेसम्म हिमपहिरोका कारण भएको मानवीय क्षतिको विवरण आइसकेको छैन ।

पहिरोबाट चौरी गोठ तथा गोठालाहरुलाई क्षति भएको हो भन्ने आशंका गरिएको उनले जानकारी दिइन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा टोली त्यसतर्फ गएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए । पहिरो गएको स्थान गाउँपालिकाको कार्यालयदेखि हिंडेर दुई घण्टा लाग्ने उपप्रमुख शेरचनले बताइन् । घटनाको थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिइन् ।

घटनालगत्तै प्रजिअ शर्मासहितको टोली त्यहाँ पुगेको छ । ‘घटनास्थल जोमसोम नपुग्दै बेनीतर्फ १९ किलोमिटरको दूरीमा छ’, उनले भने, ‘हामी यहीँ छौँ, माथि सेतो हिउँ देखिएको छ भने तल आइपुग्दा माटोसहितको लेदो बगेको छ । यो लेदो यहाँको खोलामा मिसिएको छ ।’

मुस्ताङको थासाङ गाँउपालिका–३ स्थित कोवाङको याङदेल खर्कमा हिमपहिरो खसेको हो । उक्त हिमपहिरो स्थानीय कृषकहरूको पशुपालन क्षेत्रमा आएकाले क्षति भएको अनुमान छ । हिमपहिरो गएपछि अहिले प्रहरीको टोली त्यहाँ पुगिसकेको छ । हिमपहिरो झरेपछि स्थानीय भने त्रसित भएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *