झापाको सुरुङ्गामा नक्कली मल बनाउने फ्याक्ट्रीमा प्रहरीको छापा, १६ बोरा मलसहित दुई जना पक्राउ
Published: (Updated: )
by .कनकाई । झापाको सुरुङ्गामा नक्कली मल बनाएर विक्री गर्न लैजादै गर्दा प्रहरीले पक्राउ गरेको छ ।
कनकाई नगरपालिका वडा नं. ३ को तीलक पौड्यालको घरमा नक्कली मल बनाउने कच्चा पदार्थसहित प्रहरीले पक्राउ गरेको हो । प्रहरीले नक्कली मल बनाउन प्रयोग गरिएको नुन, रातो माटो र १६ बोरा विक्रीका लागि तयारी गरिएको पोटास पनि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाको नेतृत्वमा गएको प्रहरी टोलीले पौडेलको घरपछाडिबाट नक्कली पोटास बनाउदै गरेको अवस्थामा रङ्गेहात्त फेला पारेको हो ।
सिविलमा गएको प्रहरीलाई देख्नाथ नक्कली मल बनाउँदै गरेका ४ जनाको समूह भागेको प्रहरीले जनाएको छ । मल बनाउन प्रयोग भएको घरका धनी तिलक पौडेल र नक्कली मल विक्री गर्दै आएका भट्टराई कृषि भण्डारका कमल भट्टराईलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगिएको प्रहरी नायव निरिक्षकमानबहादुर जिम्बाले जानकारी दिए ।
भट्टराई कृषि भण्डारबाट झापा तथा पूर्वी पहाडका जिल्लाहरुमा रासयनिक मलहरु सप्लाई हुँदै आएको थियो । उक्त पसलबाट नक्कली मल आफै बनाएर विक्री भएको थाहा हुनसाथ आफुले किनेको मल लिएर सयौ कृषकले विरोध प्रदर्शन गरेका छन ।
मल नपाएको वेला महगो मुल्य तिरेर खेतमा हालेको मल नै नक्कली भएको पाइएपछि मलको कालो वजारी र नक्कली मल बनाउने गिरोहलाई कार्वाही नहुनेहो भने कृषक सधै पिडामा हुने स्थानीय कृषक राजकुमार श्रेष्ठले बताए। यता प्रहरीले नक्कली मल बनाउने गिरोहको पहिचान भइसकेकोले सबैलाई पक्राउ गरि कार्वाही हुने इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख जिम्बाले बताए ।
Comments