Sajhamanch Archive

कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्तीकोष वापतको २ करोड रुपैया वितरण

Published: (Updated: ) in समाज, स्थानीय तह by .

कमल । कमल गाउँपालिकाले व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम वितरण गरेको छ ।

गाउँपालिकामा रहेर पशुलान गर्दै आएका कृषकलाई व्यवसाय प्रवद्र्धन घुम्ती कोषको वापतको रकम बाट १ लाख ७० हजार देखि २ लाख रुपैया सम्म प्रदान गरीएको छ । कृषकले सो रकम आफुले इच्छाएको सहकारी मार्फत लिन सकिने गरी व्यवस्था गरिएको गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् ।

व्यवसाय प्रवर्धन घुम्ती कोषकालागी गाउँपालिकाले २ करोड रुपैया विनियोजन गरेको थियो । कृषकले आफुले लगेको कोषको रकम भुक्तानी गरिसकेपछी व्याज मिनाह हुने छ । कृषकले कोषको रकम पाउँ भनी निवेदन दिएका आधार सातै वडाका १ सय जना पशुपालक कृषकलाई चेक वापत रकम प्रदान गरिएको कमल गाउँपालिका पशुसेवा शाखाका प्रमुख दिनेन्द्र लामिछानेले जानकारी दिए ।

कृषकले कमल गाउँपालिकामा वडा नम्वर २ स्थित पुर्वनेपाल वहुउद्देश्यीय सहकारी सस्था, र वडा नम्वर ६ स्थित साना किसान कृषि सहकारी सस्था लगायत ११ वटा सहकारी मार्फत रकम लिन सकिने गाउँपालिकाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *