Sajhamanch Archive

सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न

Published: in विविधा, समाज by .

विर्तामोड । बिर्तामोडमा गत मंसिर ५ गते शुक्रवार देखि सुरु भएको सामुदायिक कुकुर वन्ध्याकरण शिविर सम्पन्न भएको छ ।

हिमालयन एनिमल रेस्क्यु ट्रष्टको प्राविधिक सहयोगमा बिर्तामोड नगरपालिका अन्तर्गत पशुपंक्षि तथा मत्स्य विकास शाखाले नगरपालिकाको कार्यालय परिसरमा आयोजना गरेको वन्ध्याकरण शिविर बुधबार सम्पन्न भएको हो ।

सिविरमा भाले कुकुर ९० र पाथी कुकुर १५२ वटा गरि २६० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरीएको जनाइएको छ । सिविरमा सडकबाट उठाएर ल्याइएका १७ वटा सामुदायिक कुकुरलाई भने मारीएको छ । क्यान्सर लगायतका रोगबाट पीडित रहेका उनीहरुलाई औषधीको माध्यमबाट मुक्ति दिएको हिमालयन एनिमल रेस्क्यु ट्रष्टका सञ्चालक खगेश्वर भट्टराईले जानकारी दिए । उनले उनीहरुको रोग अन्य कुकुरहरुमा समेत सर्ने भएकाले उनीहरुलाई मुक्ति दिन बाध्य भएको बताए ।

सिविरमा बन्ध्याकरण गरीएका सबै कुकुरहरुलाई रेविज विरुद्वको खोप समेत लगाइएको छ । बिर्तामोड नगरपालिकाले सडक सामुदायिक कुकुरको संख्या नबढोस् भनेर विगत ४ वर्षदेखि वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । सिविरमा हिमालयन एनिमल रेस्क्यु ट्रष्टका १२ जनाको टोलीले काम गरेको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *