लायन्स र लियो क्लवको आयोजनामा केर्खा रक्तदान कार्यक्रम
Published:
by .कमल । लायन्स क्लव अफ केर्खा र लियो क्लवअफ केर्खाको आयोजना तथा नेपाल रडेक्रस सोसाईटी दमक उप शाखाको प्राविधिक सहयोगमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रगतको अभावलाई न्युनिकरण गर्नका लागी लायन्सको अगुवाईमा शनिवार कमल गाउँपालिका ३ केर्खामा रक्तदान कार्यक्रममा सम्पन्न भएको हो ।
रक्तदानमा नेपाल रेडक्रस सोसाईटी दमक उप शाखाका प्राविधिकले सहजीकरण गरेका थिए ।
रक्तदानमा ४५ प्रिन्ट रगत संकलन भएको लायन्स क्लव अफ केर्खाका अध्यक्ष देवी प्रसाद दाहालले जानकारी दिए ।
Comments