Sajhamanch Archive

माओबादी केन्द्र मेचीनगर अध्यक्षमा चिमरिया सर्वसम्मत

Published: (Updated: ) in राजनीति, विविधा by .

मेचीनगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेचीनगरको अध्यक्षमा राजन चिमरिया सर्वसम्मत चयन भएका छन् ।

शनिबार भएको अधिवेशनबाट मेचीनगरको अध्यक्षमा चिमोरिया सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै अधिवेशनबाट उपाध्यक्षमा उत्तम सिठुङ, लिला सुब्बा राजवंशी र बद्रीनाथ फुँयल, सचिवमा ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला र कोषाध्यक्षमा दिनेश ओली चयन भएका छन् ।

६५ सदस्यीय नगर कमिटीको सदस्यमा श्याम लामा, पदमबहादुर श्रेष्ठ, जुना निरौला, कृष्ण ढुंगाना, गोमा सिन्चुरी, पदम पुरी, दिपक भण्डारी, तारा बराल, थीरप्रसाद गौतम, टेकबहादुर कडरिया, अम्बिका बस्नेत, निर्मल खपांगी छन् ।

यस्तै, नगर सदस्यमा हरि कट्टेल, सावन मेचे, हर्कमाया बस्नेत, पवित्रा तिवारी, पुष्पासिंह ज्वाला, सन्तोष प्रसाईं, हरि दाहाल, मनिता राई, धर्मलाल राजवंशी, भोलानाथ तिम्सिना, रिता रिजाल, बद्रीप्रसाद भट्टराई, मोहन रसाइली, लक्ष्मी गौतम, तिर्थ आचार्य, भक्तप्रसाद आचार्य छन् ।

यस्तै नगर कमिटी सदस्यमा नविन पौडेल, लक्ष्मी श्रेष्ठ, सांगे शेर्पा, मीरा सिवाकोटी, होमप्रकाश आचार्य, अविनाश धिताल, लिलाराज शाही, कुमार भट्टराई, विनोद मण्डल, विश्वराज पोखरेल, सन्त तामाङ, जोगेन राजवंशी, हरिमाया सापकोटा, भक्तराज लिम्बू, राजु निरौला, अभिजित दवाडी, कुन्दन लम्साल, सुनिलाल राजवंशी, सुशिल राजवंशी, प्रशान्त लिम्बू, इन्दिरा पोखरेल, पोक्ची मेचे र दिलीप थापा छन् । बाँकी ८ जना नगर कमिटी सदस्य थप गरिने माओवादी केन्द्र मेचीनगरले जानकारी दिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *