एमाले बन्दसत्र ८ बजेबाट सुरु हुन्छ, पदाधिकारीको टुंगो लागिसक्यो: शेरबहादुर तामाङ
Published:
by .चितवन । नेकपा एमालेको १०औं महाधिवेशन अन्तर्गत बन्दसत्र ८ बजेबाट सुरु हुने भएको छ ।
एमाले केन्द्रीय कार्यालय प्रमुख शेरबहादुर तामाङले बन्दसत्र राति ८ बजेबाट सुरु हुने बताएका छन्। उनले निर्वाचन भए आफ्नो दाबी सचिवमा रहे पनि अब नेतृत्वले जता राख्यो त्यतै बस्ने जानकारी दिए ।
चुनाव भएको भए मेरो दाबी सचिवमा हुन्थ्यो । अब जहाँ आवश्यक पर्छ त्यही राख्छन् । नेतृत्वलाई धेरै प्रेसर नदिऊ, उनले भने । उनका अनुसार केन्द्रीय कमिटीको नाम कलस्टरवाइज मिलाउँदा ढिला भएको हो । पदाधिकारीको नामावली विवाद रहित ढंगले टुंगिसकेको उनको भनाई छ ।
बिहान १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र अझै सुरु हुन सकेको छैन । एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने भन्दै दिनभर नेताहरूसँग छलफल गरेपछि अहिलेसम्म पनि बन्दसत्र चल्न सकेको हो ।
Comments