Sajhamanch Archive

भद्रपुरमा एकल महिलाको सचेतना मुलक कार्यक्रम

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला झापा तथा एबिसी नेपालको संयुक्त आयोजनामा लैंगिक हिंसा बिरूद्ध एक दिने कानुनी सचेतना मुलक प्रशिक्षण बुधबार भद्रपुरमा सम्पन्न गरिएको छ ।

लैंगिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्र्तगत एकल महिलाको छहारीमा कानुनी प्रशिक्षण तथा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला केन्द्रीय सचिव एवम् झापाकी अध्यक्ष रेखा अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न प्रशिक्षणमा प्रहरी निरीक्षक सपना खड्का तथा अधिवक्ता दिपेन्द्र भट्टराई र उमा कार्कीले सहजीकरण गरेका थिए ।

कञ्चना ढकालले स्वागत गरेको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, भद्रपुर नगरपालिकाका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, चन्द्रगढी सेवा समाजका अध्यक्ष कमलप्रसाद अधिकारी, भद्रपुर नगर कार्यपालिका सदस्य मित्रा भट्टराई, मेची महाकाली बुहारी संयुक्त आवाजकी प्रतिनिधि दीक्षा काफ्ले लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन जीवनकला राउतले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *