Sajhamanch Archive

नयाँदिल्लीका सबै विद्यालय भोलिदेखि बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

नयाँदिल्ली। संघीय राजधानी नयाँ दिल्लीका सबै विद्यालय भोलिदेखि अनिश्चितकालका लागि बन्द हुने भएका छन् ।

दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि भोलि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन् ।

‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिनेछ’, रायलाई उदृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईले लेखेको छ ।

भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।

बुधबार अदालतले ‘वयस्कहरूले घरमै बसेर काम गरिरहेका बेला बालबालिलकालाई भने विद्यालय जान बाध्य पारिएको’ भन्दै दिल्ली सरकारमाथि सवाल उठाएको थियो । पछिल्ला केही हप्तायता दिल्लीको वायु प्रदूषणमा कुनै सुधार नआएको पनि अदालतको भनाइ थियो ।

त्यस्तै, अदालतले केन्द्र सरकारलाई २४ घण्टाभित्र वायु प्रदूषण नियन्त्रणसम्बन्धी योजना ल्याएर कार्यान्वयन गर्न समेत भनेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *