Sajhamanch Archive

काँग्रेसको प्रदेश २ बाहेक छ वटा प्रदेशमा अधिवेशन जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, by .

काठमाडौं, मंसिर १७ गते , सत्तारुढ दल नेपाली काँग्रेसको प्रदेश नम्बर २ बाहेक छ वटा प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढिरहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । काँग्रेसको कार्यतालिका अनुरुप हिजो बिहीबार देशका सात वटै प्रदेश अधिवेशन सुरु हुने भनिए पनि प्रदेश नम्बर २ मा प्रक्रिया अघि बढ्न सकेको छैन ।

हिजो छ वटा प्रदेशको मतदाता नामावली प्रकाशन भएको छ । प्रदेश २ मा उद्घाटन भएको भनिएको छ । तर, मतदाता नामावली निर्वाचन समितिलाई प्राप्त भएको छैन । यो प्राप्त हुने बित्तिकै समितिले प्रकाशन गर्ने समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

उनले छ वटै प्रदेशमा भोलि शनिबार मतदान प्रक्रिया अगाडि बढ्ने बताए । प्रदेश २ को पनि छिटोभन्दा छिटो नामावली प्रकाशन एवम् अधिवेशन प्रक्रिया अगाडि बढाउन निर्वाचन अधिकृतहरु निर्वाचनस्थलमा रहेको उनको भनाइ छ ।

यसअघि काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार सर्लाहीमा निर्वाचन प्रक्रिया अघि बढ्न नसकेका कारण पनि प्रदेश २ को अधिवेशन प्रक्रिया अघि नबढेको हो । बाँकी रहेका क्षेत्रीय एवम् प्रदेश अधिवेशनको प्रक्रिया लागि प्रयास जारी रहेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *