Sajhamanch Archive

कोरोना संक्रमित भई उपचारका क्रममा मेची अस्पतालमा १३३ को ज्यान गयो

Published: (Updated: ) in मुख्य समाचार, समाज, स्वास्थ्य by .

झापा । कोभिड–१९ संक्रमित भएर मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना भएकाहरु मध्ये ४ जना अझै उपचाररत रहेको पाइएको छ ।

कोरोना संक्रमण दर घटे पनि अस्पताल भर्ना भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका ४ जनाको अझै उपचार भइरहेको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक बाराकोटीले आज सो जानकारी दिएका हुन् ।

बिर्तामोड ३ सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभामा मन्तब्य राख्दै डा. बाराकोटीले कोरोना संक्रमण दर घटेको देखिए पनि अझै निर्मुल भइननसकेको बताए ।

हालसम्म अस्पताल भर्ना भई १ हजार ३६० जना कोरोना संक्रमितले उपचार गराएको तथ्याङ्क सुनाउँदै डा. बाराकोटीले भने तीमध्ये धेरैजना उपचार पछि घर फर्किएका छन् । कति जनालाई थप उपचारका लागि अन्य अस्पताल पठाइएको थियो । तर, १३३ जनाको उपचारकै क्रममा मृत्यु भएको डा. बाराकोटीले बताए ।

डा. बाराकोटीका अनुसार भद्रपुर अस्पतालमा ३२ हजार ९३५ जनाको पिसिआर परीक्षण गर्दा ७ हजार ४६२ वटा सेम्पलबाट कोरोना पोजेटिभ आएको थियो भने सोमध्ये ४२७ वटा रिपिट टेस्ट थियो ।

यस्तै कनकाई पिसिआर ल्यावमा ४३ हजार ९९ जनाको परीक्षण गर्दा १२ हजार ८३९ जनाको कोरोना पाजेटिभ आएको थियो सोमध्ये १ हजार ४८४ जनाको रिपिट टेस्ट थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *