Sajhamanch Archive

सिम्रिक साकोसको एकिकृत साधारण सभा मंसिर २५ गते हुने

Published: in विविधा by .

विर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.को ११ औँ बार्षिक साधारणसभा प्रतिनिधि छनौट कार्यक्रमका लागि सेवाकेन्द्रगत साधारणसभाको शुरुवात २०७८ मंसिर १४ गतेबाट सुरु भएको छ ।

संस्थाको एकिकृत साधारणसभा मंसिर २५ गते हुने भएको संस्थाले जनाएको छ । सेवाकेन्द्र मेचीनगर, सेवाकेन्द्र भृकुटी, सेवाकेन्द्र धुलाबारी, सेवाकेन्द्र चारआली, सेवाकेन्द्र बुधबारे, सेवाकेन्द्र विर्तामोड, सेवाकेन्द्र दानाबारी, सेवाकेन्द्र शनिश्चरे, सेवाकेन्द्र खुदुनाबारी, सेवाकेन्द्र लक्ष्मीपुर, सेवाकेन्द्र सुरुङ्गा, सेवाकेन्द्र टाघनडुब्बा, सेवाकेन्द्र दमक, सेवाकेन्द्र पूर्बेली, सेवाकेन्द्र पाडाजुँगी, सेवाकेन्द्र गौरादह, सेवाकेन्द्र शिवगंज र सेवाकेन्द्र दुधे गरी जम्मा १८ वटा सेवाकेन्द्रहरुमा सेवाकेन्द्रगत बार्षिक साधारणसभा सम्पन्न गरिएको संस्थाका फोकल पर्सन प्रेम बस्नेत (विजय) ले जानकारी दिए । बाँकी १२ वटा सेवाकेन्द्रहरुमा मंसिर १८ गते सम्पन्न हुने भएको छ । सिमित स्रोत साधनको परिचालनबाट संस्थाले सदस्यको दिगो आर्थिक विकासको लागी सेवाकेन्द्र कार्यालयहरुको विस्तार एवं सदस्य बृद्धि कार्यक्रममा सफलता मिल्नु संस्था प्रति संचालक समितिकोे दुरदृष्टि एवं कर्मचारी मित्रहरुको अथक परिश्रमको उपजबाटै आज संस्थाले ११ औं बार्षिक साधारणसभा सम्पन्न गरिरहेको कुरा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले बताए ।

संस्थाले अघिल्लोे वर्षको वासलात १,१२,२९,७५,१०९।– बाट बृद्धि भई यस वर्ष १,८४,७७,६३,२६९ पुगेको छ । वासलात बृद्धि दर ६४ प्रतिशत रहेको र आ.व.०७८÷०७९ मा ५ं०प्रतिशत बृद्धि गरि २,७७,१६,४४,९०३।– पु¥याउने लक्ष्य लिईएको तथा आर्थिक वर्ष ०८२।०८३ मा ६,९६,७९,०९,२०८।– पु¥याउने ५ वर्षे कार्ययोजना रहेको संस्थाका लेखा विभाग प्रमुख कमला प्रधानले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *