Sajhamanch Archive

बैंकले खानेपानी ट्यांकी, धारा तथा मोटर जडान गरी विद्यालयलाई हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । सनराइज बैंक लिमिटेड शाखा काँकरभिटाले बैंकको ११ औं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेचीनगर १५ स्थित कालीका प्राथमिक विद्यालय परिसरमा खानेपानी ट्यांकी धारा तथा पानी तान्ने मोटर जडान गरी विद्यालयलाई हस्तान्तरण गेको छ ।

मेचीनगर नगरपालिकाका शिक्षा विभाग प्रमुख तथा उप सचिव उद्धव विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । अति गरीव तथा सिमान्कृत वर्गका करिव २०० जना छात्रछात्रा, विद्यालयका शिक्षक शिक्षिका तथा अन्य व्यक्तिहरु उक्त खानेपानीबाट लाभान्वित हुने छन ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि विष्टले बैंकले आप्mनो ११ औं वार्षिक उत्सवको उपलक्ष्यमा खानेपानीको व्यवस्था गरि विद्यालयमा अध्ययनरत छात्राछात्र तथा शिक्षिक शिक्षिकाहरु प्रत्यक्ष लाभान्भित हुने भएकोले उक्त कार्यको लागि बैंक प्रति आभार व्यक्त गरेका थिए ।

१५ नम्बर वडा अध्यक्ष गुणराज भट्टराई तथा अध्यक्ष नेपालीले समेत बैंकको सामाजिक कार्यको खुलेर प्रशंसा गरेका थिए । बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु विगत वर्षहरुदेखि गदै आएको बैंकका शाखा प्रबन्धक कुमार खड्काले जानकारी दिए ।

बैंकले एक कर्मचारी एक फलफुलका विरुवा कार्यक्रम अन्र्तरगत पल्टन बौंद्ध विहार (गुम्बा) मेचीनगर नगरपालिका — ८ मा अवस्थित बौद्ध विहारको हाताभित्र विभिन्न प्रजातिका फलफुलका विरुवाको वृक्षारोपण कार्यक्रम सम्पन्न भएको जानकारी उक्त कार्यक्रमा खडकाले गराएका थिए । बैंकले २०७४ चैत्र महिना देखि सम्पूर्ण बचत खाताका ग्राहकहरुको लागि निःशूल्क स्वास्थ्य बीमा सुविधा प्रदान गदैं आएको खड्काले बताए ।

स्वास्थ्य बीमा बचतकर्ताले खाता खोलेको दिनदेखि बढीमा १ लाख वा औसत कारोबारको २५ प्रतिशत वा उपचार वापतको बिल रकम जुन कम हुन्छ त्यहि रकम प्राप्त गर्न सक्ने जानकारी दिए । यो सुविधा लिनका लागि ग्राहकले डिस्चार्ज भएको १५ दिनभित्र उपचार वापतका खर्चका सबैं बिलहरु बैंकका कुनै पनि शाखामा पेश गर्नुपर्ने हुन्छ ।

१ सय ५० वटा विभिन्न उपचारका लागि हुने शल्यक्रियाका लागि अस्पताल भर्ना नभए पनि यो सुविधा पाउने व्यवस्था रहेको खड्काले जानकारी दिए । तर, यो सुविधा लिनका लागि नेपालका सरकारी अस्पताल तथा बैंकसँग अनुबन्धित नीजि अस्पतालहरुबाट उपचार गराउनुपर्छ । शाखा प्रमुख खड्काका अनुसार बैंकले हालसम्म ८० वटा भन्दा बढि निजी अस्पतालसँग सम्झौता गरिसकेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *