मसलन्द सामग्री छपाई सम्बन्धी कोटेशन आह्वान
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर ६, झापा, प्रदेश १
मसलन्द सामग्री छपाई सम्बन्धी कोटेशन आह्वान
प्रथमपटक प्रकाशित मितिः २०७८।८।१९
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत वित्तीय व्यवसायलाई निम्नानुसारको मसलन्द सामग्री छपाई गर्नुपर्ने भएको हुँदा मूल्य अभिवृद्धि कर मा दर्ता भएका इच्छुक छापाखाना वा बिक्रेताहरुमा सिलबन्दी कोटेशन आह्वान गरिन्छ ।
मसलन्द सामग्री सम्बन्धी विवरणः
क्र.स | सामग्रीको नाम | विवरण | आवश्यक परिमाण |
१. | कर्जा माग फारम |
|
500 Pcs |
२. | महिला बचत पासबुक |
|
15000 PCS. |
३. | मुद्दती कार्ड |
|
100 BUNDLES |
४. | एटीएम कार्ड वितरण लगबुक |
|
100 PCS |
५. | सर्भर प्रवेश लगबुक |
|
100 PCS |
६. | नोट विवरण |
|
10000 Bundles |
नोटः
१. माथि उल्लेखित सामाग्रीको नमूना प्राप्त गर्न संस्था संस्थाको स्टोर शाखा बिर्तामोडमा सम्पर्क गर्नुपर्नेछ । सम्पर्क नं. ९८५२६८९४२३
२. कोटेशन पेश गर्दा छपाईसँग सम्बन्धित प्रयोग गरिने कागजको नमूना वा यसभन्दा अघिनै यसै प्रकारको सामग्री छपाई गरेको भए सोको नमूना संलग्न राखी उक्त नमूनामा उल्लेखित छपाई सामग्रीको क्र.स. उल्लेख गरी बिक्रेताको तर्फबाट सहीछाप गरी संलग्न राख्नुपर्नेछ ।
३. छपाई गरीएका सामग्रीहरु संस्थाको बिर्तामोडस्थित स्टोरमा डेलिभरी दिनुपर्नेछ ।
४. कोटेशन पेश गर्दा कोटेशन स्वीकृत गरी खरिद आदेश उपलब्ध गराएको कति दिन भित्रमा सामग्री उपलब्ध गराउन सक्ने हो, सो समय अनिवार्य उल्लेख गर्नुपर्नेछ ।
५. झापा जिल्ला भित्रबाट कोटेशन पेश गर्ने बिक्रेता वा छापाखानाले शिलबन्दी कोटेशन वित्तीय व्यवसायको प्रधान कार्यालय मेचीनगर १३, चारआलीमा दर्ता गर्नुपर्नेछ ।
६. झापा जिल्लाभन्दा बाहिरबाट कोटेशन पेश गर्ने बिक्रेता वा छापाखानाले शिलबन्दी कोटेशन पेश गर्न वित्तीय व्यवसायको प्रधान कार्यालय मेचीनगर १३, चारआलीमा वा वित्तीय व्यवसायको आधिकारिक इमेल ठेगाना [email protected] मा पठाउन सकिनेछ ।
७. कोटेशन पेश गर्ने अन्तिम मिति २०७८/८/२४ गते शुक्रबार बेलुकी ४ः३० बजेसम्म रहेको छ ।
८. म्याद गुज्रिएर प्राप्त भएको कोटेशन दर्ता गरिने छैन ।
९. कोटेशन पूर्ण स्वीकृत, आंशिक स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
१०. कोटेशन सम्बन्धी अन्य थप जानकारीका लागि सम्पर्कः ९८५२६८९५०५
एनएमसी वित्तीय व्यवसाय
Comments