Sajhamanch Archive

नेपाली कांग्रेस महाधिवेशनः गुरु घिमिरे २ मतले प्रदेश १ सभापति हार्नुको रहस्य यस्तो पो !

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राजनीति by .

मोरङ । कांग्रेसको प्रदेश १ को अधिवेशनमा प्रभावशाली केन्द्रीय नेताहरूले नै मतदान नगरेको खुलेको छ । सभापतिमा नेता कृष्णप्रसाद सिटौलानिकट नेता उद्धव थापाले २ भोटले जितेका छन् ।

थापाले ८४४ मत पाएर विजयी भए । पराजित गुरुराज घिमिरेले ८४२ मत पाए । घिमिरे २ भोटले मात्रै पराजित भएपछि केन्द्रीय नेताहरूले नै मतदान नगरेको तथ्य बाहिरिएको हो ।

सभापतिका उम्मेदवार घिमिरे केन्द्रीय सभापतिका आकांक्षी नेता शेखर कोइरालाका विश्वासपात्र मानिन्छन्् । तर, विराटनगरै भए पनि नेता कोइराला प्रदेश सभापतिका उम्मेदवार घिमिरेलाई मतदान गरेनन् ।

शेखर कोइरालासँगै नेताहरू बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले पनि भोट हालेनन् । पार्टीका प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा त प्रदेश अधिवेशनमा सहभागी नै भएनन् ।

संस्थापनइतर समूहका घिमिरे सभापतिमा २ भोटले पराजित भएपछि त्यही समूहका नेताहरू नै मतदानमा सहभागी नभएको खुलेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *