Sajhamanch Archive

नेपाल छिर्यो कोरोनाको ओमिक्रोन भेरिएन्टः दुईजना अस्पताल भर्ना, भारतमा २१ जना संक्रमित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौँ । नेपालमा ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यसका बारे जानकारी दिन मन्त्रालयलले अहिले पत्रकार सम्मेलन गरिरहेको छ ।

६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको मन्त्रालयले जनाएको छ । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।

दुवै जनामा कुनै अस्पतालको आइसोलेसन कक्षमा रहेको र गम्भीर लक्षण नदेखिएको पनि मन्त्रालयको भनाइ छ । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा २१ जना संक्रमित

यसैबीच छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ८ हजार ३०० भन्दा बढी व्यक्तिहरू संक्रमित भएका छन् ।

पछिल्लो पटक विश्वभर फैलिइरहेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएकाहरुको संख्या पनि एकैदिन पाँच गुणाले बढेको भारतीय समाचार एजेन्सीले उल्लेख गरेका छन् । भारतीय मिडियाका अनुसार भारतमा ओमिक्रोनबाट संक्रमित व्यक्तिहरुको कूल संख्या ४ बाट बढेर २१ पुगेको छ ।

आइतबार राजस्थानमा ९, महाराष्ट्रमा ७ र दिल्लीमा एकजना ओमिक्रोन संक्रमण पुष्टि भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *