Sajhamanch Archive

महाधिवेशन प्रतिनिधि हुनबाट ३२ जना बञ्चित

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

नेपाली कांँग्रेसको १६ जिल्लामा जिल्ला अधिवेशन नहुँदा ३२ जना महाधिवेशन प्रतिनिधि हुनबाट बञ्चित भएका छन् । उनीहरूमध्ये १६ जना अपांगता भएका र १६ जना दलित समुदायका हुन् ।

कांँग्रेसको संशोधित विधान २०७५ अनुसार जिल्ला अधिवेशन हुँदा प्रत्येक जिल्लाबाट एक जनाका दरले अपाङ्गता भएका व्यक्ति र दलित महाधिवेशन प्रतिनिधि छनोट हुनुपर्ने प्रावधान छ । अधिवेशन भएका ६१ जिल्लाबाट छनोट भइसकेका छन् ।

तर, अधिवेशन नहुँदा १६ जिल्लाबाट भने महाधिवेशन प्रतिनिधि चयन भएर आउन पाएनन् । विधानतः पार्टीको सभापति पनि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूबाटै निर्वाचित हुने हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *