चुलाचुली गाउँपालिकाद्वारा दलिता छात्र छात्रालाई साइकल वितरण
Published:
by .कमल । चुलाचुली गाउँपालिका वडा नम्वर २ वडा कार्यालयले आज सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरेको छ ।
गाउँपालिका वडा नं २ ले असामुदायिक विद्यालयमा अध्ययरत दलित छात्र छात्रालाई साइकल वितरण गरेको हो । दलिलत परिवारका छोराछोरीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्देश्यले वडाको बजेटबाट साईकल वितरण गरेको वडा अध्यक्ष रन बहादुर लिम्बुले जानकारी दिए ।
वडा नम्वर २ का श्री जनता माध्यमिक विद्यालय बारगोठेमा अध्ययनरत ८ जना र पन्चकन्या प्राथमिक विद्यालय हात्तिलेदामा अध्ययनरत ८ जना गरी जम्मा १६ जना दलित छात्रछात्रालाई साईकल वितरण गरिएको हो ।
त्यसगरी वडाले वडामा रहेका कृषकलाई मकैको विउ समेत वितरण गरेको छ । चुलाचुली गाउँपालिकाको वडा नम्वर २ मा मकैको राम्रो उत्पादन हुने भएकोले वडामा रहेका ६ सय जना कृषकलाई ७५ प्रतिशत अनुदानमा जे एक्स ३६९ जातको मकैको विउ प्रति कृषक १ केजीका दरले वितरण गरिएको वडा कार्यलयले जनाएको छ ।
Comments