राजसंस्थाको अजेण्डा बोक्न नैतिक संकट पर्यो : कमल थापा
Published:
by .काठमाडौं, राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले राजसंस्थाको अजेण्डा बोकेर हिँड्न आफू नैतिक संकटमा परेको बताएका छन्।
हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा पराजित थापाले निर्मल निवासको हस्तक्षपको कारण पराजित भएको बताउँदै आएका छन्। विज्ञप्ति जारी गर्दै उनले विस्तारपूर्वक धारणा राखेका हुन्।
चुनावी राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं।
अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छु, विज्ञप्तिमा उल्लेख छ, विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्नेरु अत्यन्त प्रतिकूल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पीर यहि हो। म नैतिक र धर्मसंकटमा परेको छु।
थापाले राप्रपालाई भजन मण्डलीु बनाउने निर्मल निवासको योजना सफल हुन नदिने बताएका छन्। ुदेशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई भजन मण्डलीु बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ।
राप्रपालाई भजन मण्डलीु बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौँ। राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपाभित्र बहस सुरू हुनेछ।
थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप पहिलो पटक नभएको पनि बताएका छन्। केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन।
२०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका बारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छु, विज्ञप्तिमा भनिएको छ।
Comments