Sajhamanch Archive

ओलीलाई भेटेर बारले बुझायो प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन ज्ञापनपत्र

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी ओलीसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

भक्तपुरको बालकोटस्थित ओली निवासमा मंगलबार पुगेका बारका प्रतिनिधिले जबरामाथि विभिन्न १७ वटा आरोप लगाउँदै महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा जबरामाथि कार्यपालिकासँग साँठगाँठ गरेर भागबण्डा खोजेको, न्याय प्रदानमा अवरोध सिर्जना गरेको लगायत १७ वटा आरोप लगाइएको छ ।

बारले यसअघि विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई सोही ज्ञापनपत्र बुझाएको थियो । जबराको राजीनामा माग्दै निरन्तर बार आन्दोलनमा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *