Sajhamanch Archive

संस्थापन इतरका दोस्रो तहका नेताहरु सभापतिको एकल उम्मेदवार बनाउने कसरतमा

Published: in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन ढोकैमा आइपुग्दा नेताहरु भने उम्मेदवारीको कसरतमा रहेका छन् ।

संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले पुनः दोहोरिने बताएसँगै उनी अन्य पदाधिकारीका उम्मेदवार चुन्न भेला बोलाएका छन् । संस्थापन इतर पक्षले भने अहिलेसम्म एकल उम्मेदवार खडा गर्न सकेको छैन ।

एकल उम्मेदवार खडा गर्नका लागि नेताहरुबीच छलफल जारी छ । हिजो बसेको आकांक्षीहरुको छलफलका क्रममा महामन्त्री डा।श शशांक कोइराला होडको रिङबाट पछि सरेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. शेखर कोइराला र प्रकाशमान सिंह भने अझै अडानमै छन् ।

पौडेलले समेत सहमति बन्ने भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । तर सिंह र कोइरालाले अझै अडान छाडेका छैनन् । आज साँझसम्म छिनोफानो हुने पौडेलले बताउँदै आएका छन् ।

अहिले दोस्रो तहका नेताहरु अनुपम फुडल्याण्डमा भेलामा बसिरहेका छन् । उक्त भेलामा कांग्रेसका केन्द्रीय सदस्यहरु, जिल्लाका निवर्तमान तथा वर्तमान सभापतिहरु रहेका छन् ।

उक्त भेलामा नेता पौडेल पनि रहेका थिए । तर उनी थप सहमति गर्नुपर्ने भन्दै त्यहाँबाट नेता कृष्णप्रसाद सिटौलाको घरमा गएको बुझिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *