नाडाको ४५औँ साधारणसभा काठमाडौमा सुरु, अर्थमन्त्री शर्माले गरे उद्घाटन
Published:
by .काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको साधारणसभा उद्घाटन गरेका छन्।
नयाँ नेतृत्वसहितको कार्यसमिति चुनावबाट छान्ने साधारणसभा काठमाडौंको होटल सोल्टीमा सुरु भएको हो। साधारणसभासँगै हुने निर्वाचनले नाडा अध्यक्षसहित १७ जनाको नयाँ कार्यसमिति सदस्यलाई निर्वाचित गर्नेछ।
यसपटकको निर्वाचनमा अटो व्यवसायीहरुको दुई प्यानलले चुनावी प्रतिस्पर्धा गर्दै छ। करण चौधरी र ध्रुव थापाले अध्यक्षमा उम्मेदवारी दिनेछन् भने आआफ्नो प्यानल नै घोषणा गरिसकेका छन्।
थापाको प्यानलमा हुन्डाईका निराकर श्रेष्ठ, टीभीएसका दीपककुमार अग्रवाल, फोर्डका आकाश गोल्छा, बीवाईडीकी यमुना श्रेष्ठ, एसएमएल इसुजुका कपिल सिवाकोटी छन्।
त्यसबाहेक प्रदिपमान प्रधान, आमर ज्योति रञ्जित, बीएन पाठक, दिपककुमार मिश्र, नारायण प्रसाद पौडेल, नवराज भुषाल, प्रकाश सिक्देल, रिद्धि कार्की, सगुन कन्साकर, सञ्जयकुमार खेतान, सुवासिस थपलिया रहेका छन्।
चौधरीको प्यानलमा टाटाका राजनबाबु श्रेष्ठ, हिरोका अभिक ज्योति, महिन्द्राका वरदान बस्नेत र यामाहाका मिलनबाबु मल्ल पनि रहेका छन्। त्यस्तै नाडाको हाल कार्यसमितिमा रहेका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती पनि चौधरीकै प्यानलमा रहेका छन्।
यसबाहेक विक्रम सिंघानिया, पंकज अग्रवाल, प्रकाश कपुरी, निलमणि पाठक, निशान ढकाल, गोपाल भट्टराई, राजेन्द्र अग्रवाल, गंगाराज भट्टराई, वर्ण न्यौपाने र देवराज भण्डारीले चौधरीको प्यानलबाट चुनाव लड्ने भएका छन्।
Comments