Sajhamanch Archive

भक्तपुरमा आजबाट विद्युतीय राहदानी वितरण

Published: (Updated: ) in विविधा, समाज, by .

भक्तपुर, जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि विद्युतीय राहदानी वितरण गर्न थालेको छ । आज एक कार्यक्रमकाबीच विद्युतीय राहदानी सम्बन्धि कार्यको शुभारम्भ गरेको छ ।

राहदानीप विभागले भने मंसिर १ गतेदेखि नै विद्युतीय राहदानी वितरण कार्यको शुभारम्भ गरेको थियो । विद्युतीय राहदानीका लागि भन्दै मेसिन रिडेबल पासपोर्ट वितरण कार्य रोकिएको थियो ।

विद्युतीय राहदानी वितरणका लागि आवश्यक व्यवस्था मिलाएपछि आजदेखि राहदानी सम्बन्धी कार्यको शुभारम्भ गरिएको हो ।

विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्नुपर्ने हुन्छ । अनलाइन आवेदन भरेपछि जुन दिन आफ्नो पालो तोकिएको छ त्यही दिन आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्छ ।

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचय पत्र नम्बर अनिवार्य गरिएको छ । राष्ट्रिय परिचयपत्र नबनाएको हकमा भने बनाएर मात्रै राहदानीका लागि आवेदन दिन सकिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *