२५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि, दुईको मृत्यु ll प्रदेश १ मा २३ जना संक्रमित थपिए
Published: (Updated: )
by .काठमाडौं । पछिल्लो २४ घण्टामा २५५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार १६८ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, तीन हजार छ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.८ प्रतिशत रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३६६ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४७ पुगेको छ ।
यसैगरी देशभर हालसम्म छ हजार २३९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दुई लाख ८३ हजार १३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रदेश १ मा २३ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण भएको छ । ३६२ जनाको पीसीआर परीक्षण गर्दा २२ र ११५ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट झापामा ९, मोरङमा ७ र सुनसरीमा ६ जनामा संक्रमण देखिएको हो ।
झापाको भद्रपुर, मेचीनगर र बुद्धशान्तिमा २–२, बिर्तामोड, गौरादह र दमकमा १–१, मोरङको विराटनगरमा ४, पथरीशनिश्चरे, रंगेली र बेलबारीमा १–१, सुनसरीको इटहरीमा ४, रामधुनी र धरानमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज २२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र १६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Comments