Sajhamanch Archive

कांँग्रेस बैठकले गर्यो तीन प्रस्ताव पारित, पदाधिकारी थप्ने प्रस्ताव आएन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

सत्तारुढ नेपाली कांँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले शुक्रबारदेखि सुरु हुने १४औँ महाधिवेशनमा पेश गरिने राजनीतिक र आर्थिक प्रतिवेदन पारित गरेको छ।

पार्टी मुख्यालयमा सानेपामा बिहीबार दिउँसो बसेको कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी प्रतिवेदन पारित गरेको हो

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले सांगठानिक प्रतिवेदन पेश गरेका थिए। त्यसलाई केही सुझावसहित पारित गरिएको कांँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको लेखासम्बन्धी प्रतिवेदन पनि बैठकमा पारित भएको छ। यादवले पेश गरेको प्रतिवेदनमा पार्टीमा अहिले १० करोडभन्दा बढी रकम कोषमा बचत रहेको उल्लेख छ।

बैठकले नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित गरेको छ। तर यो बैठकमा पदाधिकारी थप्ने प्रस्ताव पेश भएन।

यो बैठकमा तीन महामन्त्री पद थप्ने जानकारी पाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेका थिए। पौडेल पक्षको आपत्तिपछि पदाधिकारी र केन्द्रीय सदस्य थप्ने प्रस्ताव नआएका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *