Sajhamanch Archive

प्रदेश पदाधिकारीको सङ्ख्या थप गर्ने माओवादी स्थायी कमिटी बैठकको निर्णय

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रदेश समिति पदाधिकारिको सङ्ख्या बढाएको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय परिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यसअघि सात पदाधिकारीमा थप गरि नौ जना राख्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराका अनुसार एक जना अध्यक्ष, तीन जना उपाध्यक्ष, सचिव एक जना सहसचिव तीन जना र एक जना कोषाध्यक्ष रहने छन् ।

यसैगरी बैठकले प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ । यसअघि १७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै १७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकालाई आधार मानेर सङ्ख्या थप गर्ने निर्णय भएको हो ।

अब प्रदेश १ मा २५९, बागमती प्रदेशमा २७५, गण्डकी प्रदेशमा २२९, लुम्बिनी प्रदेशमा २५३, कर्णाली प्रदेशमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय प्रदेश समिति बन्ने निर्णय बैठकले गरेको उनले बताए ।

यसैगरी, यही मङ्सिर २५ गते माओवादी केन्द्रले प्रदेश सम्मेलन आयोजना गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *