Sajhamanch Archive

प्रकाशमानले दाबी नछाडेपछि शेखरलाई पौडेल पक्षको आधिकारिक उम्मेदवार बनाउने तयारी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांँग्रेसको महाधिवेशन सुरु हुनै लाग्दा रामचन्द्र पौडेल पक्षले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए।

केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर, उनीहरुले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए।

त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरुले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्न लागेका छन्।

‘प्रकाशमानले दाबी नछाडेपछि हामीले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्न खोजेका छौं,’ यो समूहको उम्मेदवार व्यवस्थापनमा खटिएका एक नेताले भने, ‘महाधिवेशन उद्घाटनअघि नै त्यसको टुंगो लाग्छ होला।’

सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्। शुक्रबार १ बजे भृकुटीमण्डपमा चौधौं महाधिवेशनको उद्घाटन हुँदैछ।

ले सभापतिको एकल उम्मेदवार चयन गर्न सकेको छैन। सो पक्षमा पौडेलसहित शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले दाबी गर्दै आएका थिए।

केही दिनयताको एकल उम्मेदवार खोज्न भइरहेको प्रयासमा पौडेल र शशांकले दाबी छाडेका थिए। तर, उनीहरुले एकल उम्मेदवार तय हुनुपर्ने बताउँदै आएका थिए।

त्यसैले शेखरलाई आधिकारिक उम्मेदवार बनाउने प्रयास पनि गरिएको थियो। तर, अर्का दाबेदार सिंहले सहमति भए आफ्नै नाममा हुनुपर्ने, नभए प्रतिस्पर्धामा जानुपर्ने बताउँदै आएका थिए।

सिंहले बरु प्रतिस्पर्धामै जाऔं भनेर अडान राखेपछि पौडेल पक्षका अन्य नेताहरुले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा प्रस्तुत गर्न लागेका छन्।

‘प्रकाशमानले दाबी नछाडेपछि हामीले शेखरलाई आधिकारिक उम्मेदवारको रुपमा अघि सार्न खोजेका छौं,’ यो समूहको उम्मेदवार व्यवस्थापनमा खटिएका एक नेताले भने, ‘महाधिवेशन उद्घाटनअघि नै त्यसको टुंगो लाग्छ होला।’

सो पक्षको बैठक अनुपम फुडल्यान्डमा जारी छ। बैठकमा सभापतिका आकांक्षी भने आएका छैनन्। शुक्रबार १ बजे भृकुटीमण्डपमा चौधौं महाधिवेशनको उद्घाटन हुँदैछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *