पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भयो : वरिष्ठ नेता पौडेल
Published: (Updated: )
by .काठमाडौं, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र आन्तरिक लोकतन्त्र र स्वच्छ प्रतिस्पर्धा समाप्त भएको टिप्पणी गरेका छन्।
उनले अहिले भर्खर भएका केही निर्वाचनमासमेत यस्ता केही दृश्य देखिएको भन्दै पार्टीभित्र आन्तरिक लोकतन्त्रमा समस्या रहेको टिप्पणी गरे।
१४औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले कम्युनिस्ट पार्टीले सुरु गरेको अधिनायकवाद र प्रतिगमनका विरुद्ध अहिलेको सरकार बनेको टिप्पणी गरे।
उनले अबको निर्वाचन कठिन रहेको भन्दै कम्युनिस्ट शक्तिहरु अहिले पनि बलियो रुपमा रहेकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न सहज नभएको बताए। ‘एमालेको गाउँ(गाउँमा अझै पनि संगठन छ,’ उनले भने, ‘त्यसैले नेपाली कांग्रेसलाई सक्षम पार्टी बनाउनुछ। तयारीका साथ हामी जानुपर्नेछ।’
उनले अहिले नेपाल गतिहीन र अवरुद्ध अवस्थामा रहेको उनले बताए। ‘संसद् चलिरहेको छैन। सर्वोच्च अदालत अस्तव्यस्त छ,’ उनले भने, ‘सरकार चल्न सकेको छैन। ७० वर्ष संघर्ष गरेर जुन संविधान प्राप्त गर्यो त्यो अनुसार नयाँ युगअनुसार अगाडि बढ्न सकेनौं।’
यो अधिवेशनले कांँग्रेस कम्युनिस्टभन्दा किन पछाडी पर्यो भन्ने समीक्षा हुनुपर्ने बताए।
Comments