म प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरे : प्रधानमन्त्री देउवा
Published: (Updated: )
by .काठमाडौ, नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री भएपछि जनताले मुक्तिको अनुभव गरेको दावी गरेका छन् ।
ओली सरकारको पालाको डरत्राशबाट जनता मुक्त भएको भनदै उनले अबको महाधिवेशनले यसलाई अगाडि बढाउने वा नबढाउने तय गर्ने बताए ।
पार्टी महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले आउँदो चुनावपछि केन्द्रदेखि गाउँसम्म कांग्रेसको सरकार बनाउने जिम्मा आफूले लिने उद्घोष समेत गरे ।
देउवाले भने – एक पटक मलाई जिताइदिनुस । कुनै पनि हालतमा डरत्राशबाट मुक्त शासन ल्याएर छोडिन्छ । ओलीको जस्तो शासनबाट मुक्त बनाउँछु, बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस ।
Comments