उम्मेदवारी दर्ता सुरु हुनै लाग्दा पौडेल पक्षका नेताहरू बोहराटारमा
Published:
by .काठमाडौ, काठमाडौंमा जारी पार्टीको चौधौं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता सुरु हुन एकरडेढ घण्टा मात्र बाँकी हुँदा पनि नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षले आफ्ना तर्फबाट एक मात्र सभापतिको उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन सकेको छैन। तर प्रयास जारी राखेको छ।
अहिले पनि यही विषयमा पौडेल निवास (बोहराटार) मा पौडेल पक्षका केन्द्रीय सदस्यहरूबीच छलफल भइरहेको छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा.मीनेन्द्र रिजाल, गगन थापा, बद्री पाण्डेले छलफल गरिरहेको बोहराटार स्रोतले जानकारी दिएको छ।
शुक्रबार रातको बैठकपछि नेता शेखर कोइरालाले सभापतिका चार दाबेदारबाट २ मा झरे पनि अझै सहमति नभएको बताएका थिए भने आज शनिबार बिहानसम्म सभापति पदमा एक जना मात्र सभापतिका उम्मेदवार बनाउने विषयमा सहमित हुने विश्वास पनि व्यक्त गरेका थिए।
इतर समूहमा रामचन्द्र पौडेल, शेखर कोइराला , प्रकाशमा सिंहबीच सभापति पदमा उठ्ने होडबाजी छ। पौडेल सर्वसम्मत उम्मेदवार हुने दाउमा हुँदा कोइराला र सिंह पनि आफ्ना पक्षमा माहोल बनाउन लागेका छन्।
यसअघि बिहीबार बिहान बोहराटार पुगेका नेताहरूले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति थालेका थिए, तर प्रकाशमान र शेखर यसमा तयार छैनन्।
पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेको थियो। तर उक्त निष्कर्ष पनि अनुपम फुडल्यान्ड पुगेपछि अलपत्र परेको हो।
Comments