Sajhamanch Archive

मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्दै देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेपाली कांँग्रेसको सभापतिमा उम्मेदवार शेरबहादुर देउवा राष्ट्रियसभा गृहस्थित मतदानस्थलमै छिरेर भोट माग्न लागेका छन्।

सोमबार मध्यान्ह पौने १२ मै मतदानमा सहभागी भएका देउवा फेरि मतदानस्थलमा आएर भोट मागिरहेका छन्। उनी महाधिवेशन प्रतिनिधिहरु मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्न व्यस्त भएका हुन्।

कांँग्रेसको निर्वाचन समितिले मतदानस्थल क्षेत्रमा भोट माग्न निषेध गरेको छ। यसअघि नै महाधिवेशनस्थलभित्र समितिले प्रचार प्रसारलाई निषेध गरेको थियो।

उनले भोट हाल्न मतदानस्थल भित्र छिरिरहेका प्रतिनिधिहरूलाई नमस्ते गर्दै भोट मागिरहेका छन। देउवाले मतदानस्थल छिर्ने गेटमै बसेर भोट माग्न थालेपछि उनका प्रत्यासी शेखर कोइराला पनि पुगेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *