Sajhamanch Archive

कांँग्रेस महाधिवेशनमा मतदान जारी, राति ९ बजेसम्मलाई थपियो मतदानको समय

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांँग्रेसको जारी १४ औँ महाधिवेशनमा नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थपिएको छ । कांँग्रेस निर्वाचन समितिका अनुसार सोमबार राति ९ बजेसम्म मतदान गर्न गरी समय थपिएको हो ।

यसअघि सोमबार बिहान ८ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका थियो । तर, सोमबार बिहान २ घण्टा ढिलो गरी ११ बजेबाट सुरु भएको थियो ।

सोमबार अपरान्ह साढे ४ बजेसम्म दुई हजार मत खसेको कांग्रेस निर्वाचन समिति प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए । ४७ सयभन्दा बढी मतदाता रहेकाले मतदानको समय थपिएको हो ।

१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *