महाधिवेशन प्रतिनिधिलाई रामचन्द्रले बोलाए चियापानका लागि
Published:
by .काठमाडौ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४ औं महाधिवेशनमा सहभागी मतदाताहरुलाई चियापानका लागि बोलाएका छन् ।
उनले प्रतिनिधिहरुलाई मंगलबार बिहान ८ बजे लैनचौर ब्यान्क्वेटमा चियापानका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।
पौडेलले जारी महाधिवेशनको प्रकृयाबाट आफू अलग भएको बताएका थिए र आज जारी मतदानमा उनी सहभागी भएनन् ।
इतरपक्षबाट आफू साझ उम्मेदवार बन्न नेता पौडेलले प्रयास गरेको भएपनि सहमति जुट्न नसक्दा उनी समग्र प्रकृयाबाट बाहिरिएका हुन् । इतर पक्षबाट शेखर कोइराला र प्रकाशमान सिंह चुनावी प्रतिस्पर्धामा छन् ।
Comments