Sajhamanch Archive

अब ६७९ मत गन्न बाँकी, पुनः मतदान गर्नुपर्ने सम्भावना बढ्यो

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं–नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन गर्न सोमबार अबेर राति काठमाडौंमा सम्पन्न निर्वाचनअन्तर्गत राष्ट्रिय सभागृहमा जारी सभापति पदतर्फको मतगणना सकिनै लागेको छ।

कांग्रेसको निर्वाचन समितिले दिएको ताजा विवरणअनुसार खसेको कूल ४, ६७९ मतमध्ये ४००० मत गनिसकिएको छ। योसँगै पहिलो चरणमै सभापति पदको छिनोफानो हुने सम्भावना निकै न्यून भएको छ।

किनकि सबैभन्दा अगाडि रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म १९०० मत ल्याएका छन्। उनले जित्न अझै ४४० मत ल्याउनुपर्ने हुन्छ।

तर, अब ६७९ मत मात्र गन्न बाँकी छ। शेखर कोइराला पनि पछिपछि तथा अन्य तीन उम्मेदवारलाई पनि मत बाँडिइरहेकाले देउवाले जित्ने सम्भावना निकै कम छ। ​

​कसैल पनि ५१ प्रतिशत मत नल्याए आजै साँझ पुनः मतदान गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

अहिलेसम्मको मत परिणाम–

शेरबहादुर देउवा – १९००

शेखर कोइराला –१४६७

प्रकाशमान सिंह – २९६

​विमलेन्द्र निधि – २३०

कल्याण गुरुङ –२०

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो। सभापतितर्फका तीनवटै मतपेटिका (हरियो ट्यांकी) राष्ट्रिय सभा गृहका तीन अलग(अलग स्थानमा राखेर बिहान साढे ४ बजेदेखि मत गणना भइरहेको हो।

अन्य पदाधिकारी तथा सदस्यका लागि भएको मतदानका ८४ ट्यांकी कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा लगिएका छन्।

सभापतितर्फको मत गनिसकेपछि मात्र त्यता मत गन्न थालिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भुकृटीमण्डमा व्यवस्था गरिएका मतदान केन्द्रमा सोमबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म मतदान गरिएको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *