Sajhamanch Archive

४३७९ मत गन्दा देउवाको २०९५ मतको अग्रता, शेखर १६४५ ले पछ्याउँदै

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ।

सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्याइरहेका छन्।

निर्वाचन समितिका अनुसार हालसम्म ४ हजार ३ सय ७९ मत गणना भएको छ। जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले २ हजार ९५ मत प्राप्त गरेका छन्।

कोइरालाले १ हजार ६ सय ४५ मत पाएका छन्। यसैगरी, प्रकाशमान सिंहले ३ सय ५०, विमलेन्द्र निधिले २ सय ३९ र कल्याण गुरुङले २० मत मात्र प्राप्त गरेका छन्।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो। नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *