Sajhamanch Archive

कांँग्रेस सभापति चुन्न दास्रो चरणमा निर्वाचन हुने,पहिलो चरणमा विजयी भएनन् देउवा, ८२ मत पुगेन

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  कांँग्रेसको आगामी सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका पाँचै जना उम्मेदवारले खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि पुनः निर्वाचन हुने भएको हो।

कांँग्रेसको विधानमा ‘सभापति निर्वाचित हुनको लागि खसेको मतको पचास प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ’ भन्ने उल्लेख छ। पहिलो पटक कुनै पनि उम्मेदवारले पचास प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाकाबीच पुनः मतदान गरिने व्यवस्था विधानमा छ।

मंगलबार बिहान सकिएको सभापतिका उम्मेदवारको मतगणनामा शेरबहादुर देउवा र शेखर कोइरालाले सर्वाधिक क्रमशः २२५८ र १७२९ मत पाएका थिए। तर, आवश्यक पचास प्रतिशत भने दुवैले कटाउन सकेका थिएनन्। जम्मा ४६८१ मत खसेको थियो।

अब देउवा र कोइरालाबीच सभापति पदका लागि निर्वाचन हुनेछ। अन्य पदाधिकारीको लागि भने पचास प्रतिशत मत कटाउनुपर्ने प्रावधान छैन।

कसलाई कति मत
जम्मा खसेको मत : ४६८१
शेरबहादुर देउवा – २२५८
शेखर कोइराला – १७२९
प्रकाशमान सिंह – ३४७
विमलेन्द्र निधि – २७३
कल्याण गुरुङ –३२

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *