Sajhamanch Archive

दोस्रो चरणको चुनावमा खस्यो ३४०० मत, मतदान सकिएपछि आजै राति १० बजेबाट मतगणना सुरु गरिने

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  नेपाली कांँग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका लागि दोस्रो चरणको मतदान जारी छ। यसअघि ७स्३० बजेसम्मका लागि निर्धारण गरिएको मतदान अझै एक घण्टा लम्बिने भएको छ।

पूर्वनिर्धारित समयभित्र मतदान नसकिएपछि समय थप गरिएको हो। यद्यपि, निर्वाचन समितिले समय थपिएको औपचारिक जानकारी दिएको छैन।

पछिल्लो अपडेटअनुसार साँझ ८ बजेसम्म तीन हजार ४०० मतदाताले आफ्नो मत खसालिसकेका छन्। कूल मतदाता संख्या चार हजार ७४३ रहेको छ।

दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला प्रतिस्पर्धामा छन्।

पहिलो चरणमा पाँच जना सभापतिमा लडे पनि कसैले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनस् मतदान गरिएको हो। पहिलो चरणमा पहिलो र दोस्रो स्थानमा रहेका देउवा र कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भइरहेको छ।

पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए।

दोस्रो चरणको मतदान सकिएपछि आजै राति १० बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिको भनाइ छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *