Sajhamanch Archive

मेची राजमार्गमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

Published: (Updated: ) in विविधा by .

मंगलबारे । मेची राजमार्गको हर्कटे फिक्कल सडकखण्डको कन्याममा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सूर्योदय नगरपालिकाको हर्कटे बजारबाट फिक्कलतर्फ आउँदै गरेको मे१ज ३३०७ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट १०० मिटर तल झर्दा नौ जना घाइते भएका थिए।

घाइतेमध्ये दुईको झापाको बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कन्याम चियाबारी नजिकै सुकेपोखरी भन्ने ठाउँमा भएको दुर्घटनामा परी माइजोगमाई–३ का भरत घिमिरे र सोही गाउँपालिका–४ का रामप्रसाद तिमिल्सेनाको मृत्यु भएको बिएण्डसी अस्पताल झापाका सूचना अधिकारी प्रनिश गिरीले जानकारी दिए। चालकलाई सामान्य चोट लागेको छ। अन्य घाइतेको नामथर खुलेको छैन। अन्यको उपचार भइरहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *