Sajhamanch Archive

काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्रीमा झर्‍यो

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, by .

काठमाडौं, नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ। यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ।

धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ।

नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ। मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *