Sajhamanch Archive

माओबादी अध्यक्ष दाहालले चन्दा नदिएको रिस सेयर बजारमाथि पोखे : अध्यक्ष ओली

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सेयर बजारबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केही दिनअघि दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका छन्।

एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले यस्तो बताएका हुन्। ओलीले दाहालले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोजेको आरोप पनि लगाए।

दाहालले केही दिनअघि बडो क्रान्तिकारी भएर सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्, ओलीले भने, लेनिनले यसअघि पूँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर, दाहालले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्।

अध्यक्ष ओलीले लाखौँ लगानीकर्ता भएको सेयर बजारबारे हचुवामा बोल्नु बेठीक भएको पनि बताए। लाखौँ लगानीकर्ता रहेको सेयर बजारबारे यसरी बोल्नु हुँदैन्।

कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमादाहाल बोले , उनले भने, त्यही रिसमा  नरहे बाँस न बज्यो बाँसुरी भनेर सेयर बजार डुबाउन त्यस्तो बोले।

उनले सेयर बजारबारेमा आफूहरुले त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्ने बताए।  हामीले त्यस्तो बोलेको भए सडक तातिसक्थ्यो। सञ्चारमाध्यमले आगो लगाउँथेु, उनले भने, तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि कोही बोल्दैनन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *