पाँच जिल्लामा शुन्य सक्रमित, दुई जिल्लामा पाँच सयभन्दा बढी
Published:
by .काठमाडौं, नेपालमा शुन्य संक्रमित भएका जिल्ला पाँच पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र बाजुरा गरि पाँच जिल्लामा शुन्य संक्रमित भएका छन् ।
नेपालमा ५ हजार ६८९ जना संक्रिय संक्रमित रहेका छन् । जसमा होम आईसोलेसनमा पाँच हजार ३८६, संस्थागत आईसोलेसनमा रहेका सङ्ख्या ३०३ , आईसीयुमा रहेको सङ्ख्या १२० र भेन्टिलेटरमा २७ जना रहेको मन्त्रालयले जनाएको छ।
दुई सय भन्दा माथि संक्रिय संक्रमित भएका जिल्लाहरुको संख्या पाँच रहेको छ । सुनसरी, भक्तपुर, कास्की, बाँके, कैलालीमा २ सय भन्दा बढी संक्रिय सक्रमित रहका छन् ।
काठमाडौँ र ललितपुर गरी दुई जिल्लामा पाँच सय भन्दा बढी संक्रिय संक्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सुरु भएदेखि आजसम्म ४७ लाख ३४ हजार ५ सय ८६ जनाको आरटी पीसीआर विधिबाट कोरोना भए नभएको जाँच गरिएको छ ।
जसमा आँठ लाख २४ हजार ७६४ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ। आठ लाख सात हजार ५१६ जना संक्रमित निको भैसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
त्यस्तै ११ हजार ५५९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयलेको तथ्यांक रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु दर १.४ प्रतिशत रहेको छ ।
नेपालमा खोप अभियान सुरु भए देखि अहिलेसमम कुल दुई करोड ९ लाख ९५ हजार ५३६ मात्रा खोप लगाएको छ । कुल जनसंख्याको ३८.३ प्रतिशतले एक मात्रा र ३०.८ प्रतिशतले दुई मात्राा खोप लगाएका छन् ।
लक्षित समुहको ५८ .४ प्रतिशतले एक मात्रा र ४७ प्रतिशतले दुई मात्रा खोप लगाएको मन्त्रालयको तथ्याङ्क रहेको छ ।
Comments