Sajhamanch Archive

गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ। कांग्रेस मुख्यालय सानेपामा अहिले कांग्रेसका दुई महामन्त्रीका लागि मतगणना भइरहेको छ।

प्रारम्भिक नतिजा अनुसार महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ११ सय ९५ मत गन्दा गगन थापाले ७५६ मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले ४९० मत प्राप्त गरेका छन्।

त्यसैगरी प्रकाशशरण महतले ३८१, प्रदीप पौडेलले ३६९ र मिनेन्द्र रिजालले २२३ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार

महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्‍वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।

यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *