Sajhamanch Archive

काँग्रेसका तीन सहमहामन्त्री पदको मतगणना जारी

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं, नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तीन सहमहामन्त्री पदको मतगणना सुरू भएको छ ।

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरू भएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

दलित क्लस्टरको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट मानबहादुर विश्वकर्मा र शेखर कोइराला प्यानलबाट जीवन परिवार उम्मेदवार रहेका छन् । त्यस्तै, गंगा सुनारले स्वतन्त्र उम्मेदवार छन् ।

महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ र शेखर कोइराला प्यानलबाट कमला पन्तले उम्मेदवार दिएका छन् ।

त्यस्तै आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट भीष्मराज आङ्देम्बे र शेखर कोइराला प्यानलबाट विकास लामा उम्मेदवार छन् । अरु पाँच सहमहामन्त्री पदको मतगणना भने शुक्रबार हुने श्रेष्ठले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *