बाढीपहिरोका कारण विस्थापितलाई एकीकृत बस्ती बनाइँदै
Published: (Updated: )
by .मान्म– बाढीपहिरोका करणले विस्थापित भएका कालिकोटको नरहरिनाथ गाउँपालिका–४ भाटगाउँ, खाती रुप्सा, पाङ र वडा नं ७ बागाछान्ना र घोडेसिल्ला गाउँमा रु चार करोड लागतमा १०१ घर निर्माण हुने भएको छ।
विसं २०७७ साउनमा आएको बाढीपहिरोबाट विस्थापित घरपरिवारलाई चालु आर्थिक वर्षमा नै नरहरिनाथ गाउँपालिकाकोे वडा नं ४ को डाँडासुन्दर बस्तीमा १०१ घर निर्माण हुन लागेको हो।
बाढीपहिराका कारण नरहरिनाथ गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २०६ घरपरिवार विस्थापित भएका थिए।
विस्थापित भएकामध्ये यसअघि एक करोड ७० लाख रुपैयाँ लागतमा ५५ घर निर्माण गरिएका र थप १०१ घर निर्माण गरिने गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिइन्।
नमूना बस्तीमा ४० लाख रुपैयाँमा विद्यालय भवन निर्माण हुने र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २६ लाख लागतमा विद्यालयको मैदान निर्माण गरिने उपाध्यक्ष बुढाले बताइन्।
गाउँपालिकाभरि बाढीपहिराबाट पूर्णरूपमा क्षति भएका घरको पुनर्निर्माणका काम थालनी गरिने बताउँदे उनले त्यसका लागि वडा कार्यालयमार्फत लगत संकलन भइरहेको जानकारी दिइन्।
रासस
Comments