Sajhamanch Archive

सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, कर्णालीका मुख्यमन्त्री शाही पराजित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौ,नेपाली कांँग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।

पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्।

शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्याउँदै जीत दर्ता गराएका हुन्।

देउवा प्यानलका शाहीले २१३३ मत ल्याउन सफल भएका छन्। उता चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ। योसँगै कोइराला प्यानलबाट सहमहामन्त्रीमा दुई जना विजयी भएका छन्।

यसअघि दलितको क्लस्टरबाट जीवन परियार विजयी भइसकेका छन्। मतगणना भइरहेका मधेशी र थारु क्लस्टरमा पनि देउवा समूहका उम्मेदवारको अग्रता छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *