Sajhamanch Archive

काँग्रेसका केन्द्रीय सदस्यहरुको मतगणना आजै थालिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना सकिएको छ । अब केन्द्रीय सदस्यहरुको मत गणनाको गरिने निर्वाचन समितिले जनाएको छ ।

आज चार समूहको मतगणना हुने केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिए । उनका अनुसार साँझदेखि मधेसी महिला, मधेसी खुला, मुस्लिम महिला र मुस्लिम खुलातर्फको गणना हुनेछ ।

मधेसी महिलातर्फ ४ सिटका लागि ५ जनाबीच भिडन्त भएको छ । किरण यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव रहेका छन् । त्यस्तै मधेसी खुलातर्फ ५ सिटका लागि २३ जनाबीच भिडन्त भएको छ ।

मुस्लिम महिलातर्फ १ सिटका लािग ६ जना मैदानमा छन् । मुस्लिम खुलाको २ सिटका लागि ७ जना मैदानमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *