Sajhamanch Archive

कांँग्रेसका ८ सहमहामन्त्रीमध्ये ६ जना देउवा पक्षबाट विजयी

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं,  नेपाली कांँग्रेसका ८ जना सहमहामन्त्री मध्ये ६ जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका छन्।

कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गत सोमबार सम्पन्न निर्वाचनको मतगणना अनुसार सहमहामन्त्रीमा सभापति देउवापक्षको पल्ला भारी भएको हो। दुई जना सहमहामन्त्री भने सभापतिमा पराजित शेखर कोइराला पक्षकाले जितेका छन्।

८ मध्ये महिला, आदिवासी, खसआर्य, मुस्लिम, मधेसी र थारु गरी ६ समूहमा देउवा पक्षले जित हात पार्दा पिछडिएको र दलित समूहमा शेखर प्यानलबाट सहमहामन्त्री विजयी भएका छन्।

महिला र आदिवासी जनजाति समूहमा देउवा पक्षका महालक्ष्मी उपाध्याय डीना र भीष्मराज आङ्देम्बे विजयी भएका छन्। त्यस्तै खसआर्यमा किशोरसिंह राठौर विजयी भएका छन्।

शुक्रबार सम्पन्न मतगणनामा राठौरले कोइराला प्यानलका देवराज चालिसेलाई पराजित गरेका हुन्। मुस्लिम तर्फबाट देउवापक्षका फरमुल्लाह मन्सुर विजयी भएका छन्। उनले कोइराला प्यानलका शेख वकीललाई पराजित गरेका थिए।

त्यस्तै मधेसी समूहमा देउवा प्यानलका महेन्द्र यादव र थारु समूहमा उमाकान्त चौधरी विजयी भएका छन्। पिछडिएको समूहबाट बद्री पाण्डे र दलित समूहबाट जीवन परियार विजयी भएका छन्। उनीहरु शेखर कोइराला प्यानलका हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *