दमकमा भएको हत्यामा सम्लग्न लिम्बु सार्वजनिक
Published:
by .बिर्तामोड । दमकमा हत्याका आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ ।
गएको बुधबार दमकमा भएको हत्याको घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू झापा प्रहरीले आज सार्वजनिक गरेको हो ।
लिम्बुलाई दमक प्रहरीले पुस १ गते पक्राउ गरेको थियो ।
दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ महिनाअघि उनीहरु बिच सामान्य बिबाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बुले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।
प्रहरी उपरीक्षक भट्टराईका अनुसार लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ ।
Comments