Sajhamanch Archive

शिवसताक्षीमा चासोक तङ्नाम भव्य रुपमा मनाइयो

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, by .

शिवसताक्षी । शिवसताक्षीको दूधेमा चासोक तङ्नाम २०७८ भव्य रुपमा मनाइएको छ । । किँरात याक्थुङ चुम्लुङ शिवसताक्षीले निर्माणाधिन दुधे रंगशालामा चासोक तङ्नाम भव्य रुपमा मनाएको हो ।

चासोक तङ्नामको उद्घाटन शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले गरेका हुन् ।

उद्घाटनका क्रममा बोल्दै मेयर सेर्माले चासोक तङ्नाम लिम्बु जातिहरुको साँस्कृति पर्व भएकाले यसले समाजका सबै जात जातिलाई एकताको सुत्रमा बाँध्ने बताए । नेपाल विविध जाती बहुसाँस्कृतिक र बहु धार्मिक देश भएकाले सबै जाति धर्मले समाजलाई एकताको सुत्रमा आदिम कालदेखि बाँध्दै आएको उनको भनाई थियो । नेपाल बहुधार्मिक बहु साँस्कृतिक भएकाले पनि लिम्बु जातिले चासोक तङ्नामलाई मुख्य पर्वको रुपमा लिइदै आएको मेयर शेर्माले बताए ।

लिम्बू जातिले प्राचिन कालदेखि नै अन्नबाली पाकेपछि भित्र्याउनु अघि इष्ट देवता र पितृहरुको पूजाआजा गरी नयाँ अन्नबाली अर्पण गर्ने प्रचलन रहेको छ । त्यस्तै लिम्बु भाषामा चासोकको अर्थ नयाँ पाकेको शुद्ध अन्न पवित्र मनले पुजेर तागेरा निङवाभुमाङ (प्रकृतिदेवी) लाई अर्पण गरिने चलन रहेको अध्यक्ष विरबल जवेगुले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवेले बहुसाँस्कृतिक चाडको रुपमा मानिएको चासोक तङ्नाममा सरकारले विदा दिएर राष्ट्रिय चाडको मान्यता दिएको बताए । नेपालीहरुको संस्कृतिलाई जर्गेना गर्नको लागि लिम्बु जातिले चासोक ताङ्नाम मनाउन थालिएकोमा आयोजक किराँत योक्थुङ चुम्भोलाई सभापति थेवेले धन्यवाद दिएका थिए ।

कार्यक्रममा लिम्बु जातिका खेलहरु छेलो, धनुष्काडलगायत र बाजाहरु च्याब्बरुक, कोममिक्ला, फाक्वा, मुक्साङ, फामुक, नागारा, केसाङ, सिर्बोङ, फेन्जे, तुङगेवा आदि प्रदर्शनी गरिएको थियो । लिम्बु जातिका भेष भुषामा सजिएका पुरुष तथा महिलाहरुले पालन गीतमा धाननाच प्रस्तुत गरेका थिए ।
साँझको सन्ध्याकालिन कार्यक्रममा राष्ट्रिय कलाकार मेलिना राईले विभिन्न गीत प्रस्तुत गरेकी थिइन् ।

आदिमकालमा किराँतीहरूले उत्पादन गरेको विभिन्न अन्नवालीलाई नचढाई खाँदा विभिन्न किसिमका रोगहरू लागेको र पछि चढाएर खाएपछि मात्र सबैको रोग निको भएको ऐतिहासिक तथा सांस्कृतिक मान्यता रहेकाले वर्षेनी अन्नवालीलाई चढाई प्रसादको रुपमा खाएर चासोक तङ्नाम मनाउँदै आएको हो ।
कार्यक्रममा पूर्वका नौ जिल्लाका १० हजार मानिसको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *