नेकपाको ज्ञापन पत्रका विषयमा मेचीनगर गर्यो आफ्नो धारणा सार्वजनिक
Published: (Updated: )
by .मेचीनगर । नेकपा मेचीनगर कमिटीले मेचीनगर नगरपालिकामा बुझाएको ज्ञापन पत्रका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
बुधबार नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा पत्रकार सम्मेलन मार्फत नगरपालिकाले धारणा सार्वजनिक गरेको हो । नेपाल कम्यूनिष्ट पार्टी मेचीनगर कमिटीले मंगलबार नगरपालिकामा बुझाएको ज्ञापन पत्रका सम्बन्धमा मेचीनगर नगरपालिकाको ध्यानाकर्षण भएको पत्रकार सम्मेलनमा प्रमुख आचार्यले जानकारी गराएका थिए । ज्ञापन पत्रमा देखिएको अस्पष्टताका सम्बन्धमा प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नगरप्रमुख आचार्यले विज्ञप्तीमा आफुमाथि लगाईएका विभिन्न लाञ्छनाप्रति दुःख व्यक्त गरेका छन् ।
मेचीनगर नगरपालिका साविक वडनमबर १ हाल वडानमबर १० को साविक कित्ता नम्बर ६२ को जग्गा सम्बन्धमा जग्गाधनी सुवासराज काफ्लेले जग्गाको ब्यवसायिक÷आवासीय प्रयोजनका लागि प्लानिङ्ग गरी नगरपालिकामा दर्ता नम्बर २४२१ कात्तिक २६ गते माग निबेदन बमोजिम कित्ता काटका लागि सिफारिस माग गरेको पत्रकार सम्मेलनमा वितरित मेचीनगर नगरपालिकाबाट सर्वसाधारणका लागि जारी गरिएकोे प्रेस विज्ञप्तीमा उल्लेख छ ।
निजबाट पेश भएको ब्यवसायिक तथा आवासीय प्लानिङ्ग नगरकार्यपालिकाबाट स्वीकृत भएको योजना तथा भवन मापदण्ड २०७४ बमोजिम नभएको हुँदा सो प्लानिङ्ग संशोधन गरी स्वीकृत मापदण्ड अनुसार हुनेगरी पेश गर्न च.नं. ८९४ कात्तिक २९ गतेको पत्र मार्फत निजलाई जानकारी गराइएको र निजबाट मंसिर १२ गते नगरपालिकाबाट माग गरिए अनुसार हुनेगरी संशोधित प्लानिङ्ग पेश हुन आएको हुँदा यस कार्यालयबाट प्लानिङ्ग स्वीकृती प्रदान गरे बापतको हुन आउने राजश्व रकम १ लाख ३० हजार २ सय ६० रुपैयाँ लिई कित्ताकाटको लागि च.नं. १४९३ मंसिर २२ गतेको सिफारीस पत्र मार्फत मालपोत÷नापी कार्यालयलाई प्रचलित नियम र कानुनको अधिनमा रही अख्तियार प्राप्त अधिकारीबाट नै सिफारिस गरिएको वितरित प्रेश विज्ञप्तीमा जनाइएको छ ।
साविक कित्ता नम्बर ६२ को सम्पुर्ण जग्गा सुवासराज काफ्लेको एकल स्वामित्वमा रहेको र उक्त जग्गाको मूल्य साविक नगरपालिकाले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा वढी राखी एकीकृत सम्पत्ति कर एकमुष्टरुपमा असूल गरिएको पत्रकार सम्मेलनमा नगरप्रमुख विमल आचार्यले जानकारी दिए । तर नगरपालिकाले स्वीकृत गरेको प्लानिङ्ग र प्रकृया कार्यान्वयन नगरी निवेदक सुवासराज काफ्ले समेतको मिति २०७५÷०४÷२२ गतेको माग निबेदन बमोजिम उक्त जग्गा आवासीय÷ब्यवसायिक रुपमा बिक्री वितरणको लागि कित्ताकाट नभई अंशवण्डा मार्फत कित्ताकाट भएको भनि नगरपालिकाबाट स्वीकृत भएको प्लानिङ्ग मा छुट्याइएको ५ प्रतिशत जग्गापनि अंशवण्डामा कित्ताकाट गरेको जानकारी गराई सो जग्गामा होटल निर्माणको स्वीकृती माग गरेको प्रेश विज्ञप्तीमा उल्लेख छ ।
उक्त कित्ताकाट सम्बन्धमा प्रष्ट हुन च.नं. ३७४ मिति २०७५÷०४÷२२ र च.नं. ४०४ मिति २०७५÷०४÷२३ गतेको पत्रमार्फत मालपोत कार्यालयमा पत्राचार गरीएकोमा मालपोत कार्यालयबाट च.नं. १४९६ मिति २०७५÷०५÷०१ गतेको प्राप्त पत्र मार्फत पठाईएको जवाफमा उल्लेखित जग्गा अंशवण्डा मार्फत कित्ताकाट भई गएको उल्लेख भई आएको हुँदा निजले माग गरेको होटल भवन निर्माण स्वीकृति व्यक्तिको नीजि सम्पत्तिमा सम्पत्तिको हक समेत रहने संवैधानिक प्रावधान वमोजिम नै स्वीकृत योजना तथा भवन निर्माण मापदण्ड २०७४ वमोजिम स्वीकृतिको प्रकृयाका लागि सिफारीश गरिएको नगर प्रमुख आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।
साविक चिया विकास निगमले मेचीनगर नगरपालिकालाई हाल सम्म एकिकृत सम्पति कर नबुझाएको तर साविक मेचीनगर नगरपालिका— १ को साविक कित्ता नं. ६२ को जग्गा साविक चिया विकास निगमबाट कृषि विकास बैंक, धुलाबारी हुँदै सुवासराज काफ्लेको नाममा राजीनामा पास भई आएको र त्यस जग्गाको पछिल्लो खरीद विक्री प्रकृयामा चिया विकास निगमको कही कतै सम्वन्ध नरहेको नगर प्रमुख आचर्यले प्रष्ट पारेका छन् ।
साबिक कित्ता नं. ६२ को सम्पुर्ण जग्गा सुवासराज काफ्लेको एकल स्वामित्वमा रहेको र उक्त जग्गाको मूल्य साविक नगरपालिकाले निर्धारण गरेको न्यूनतम मूल्यभन्दा वढी राखी एकीकृत सम्पत्ति कर एकमुष्टरुपमा असुल गरिएको, नगरकार्यपालिकाबाट स्वीकृत मापदण्ड बमोजिम पेश भएको प्लटिङ्ग नक्शालाई स्वीकृत गरीएको र सो को स्वीकृती दिँदा नगरपालिकालाई निजले बुझाउनुपर्ने राजश्व नगरपालिकाले बुिझलिएको र जग्गा रजिष्ट्रेशनको र कित्ताकाटको प्रकृया समेत मालपोत कार्यालयबाट भएको पत्रकार सम्मेलनमा बताइएको छ ।
नगरप्रमुख सहित सम्पूर्ण जनप्रतिनिधिका लागि सबै नगरबासी समान रहेको र नगर भित्र आयोजना हुने कार्यक्रमहरुमा निमन्त्रणा हुँदा सम्भव भएसम्म सबैलाई समय दिने निती अनुसार उक्त कार्यक्रममा सहभागी भएकोमा अन्यथा मान्नुपर्ने अवस्था नरहेको प्रमुख आचर्यले प्रष्ट पारेका छन् । जग्गा ब्यवसायिक÷आवासीय प्रयोजनका लागि कित्ताकाट (प्लटिङ्ग) गर्दा ५ प्रतिशत सार्वजनिक प्रयोजनको लागि जग्गा ब्यवस्था गर्नुपर्ने नगरकार्यपालिकाद्धारा स्वीकृत योजना तथा भवन मापदण्ड २०७४ मा ब्यवस्था रहेको तर उक्त जग्गा अंशवण्डा कित्ताकाट भएको हुँदा सार्वजनिक प्रयोजनका लागि जग्गा ब्यवस्था गर्न कानुनी रुपमा बाध्य नरहेको जग्गाधनीले स्वेच्छाले जग्गाको प्रचलित कानूनी प्रकृया पु¥याई उपभोग गर्न सक्ने व्यवस्था रहेको विज्ञप्तीमा उल्लेख छ ।
नगरबासी सम्पुर्णमा कानुनत प्राप्त अधिकारको प्रयोग र प्रचलन गर्न÷गराउन नगरपालिका सदैव प्रयत्नशील रहेको तथा नगरबासीको सुखःदुखमा साथ दिदै समग्र नगर क्षेत्रलाई विकासको मूलधारमा ल्याउन नगरपालिका आफ्ना नीति नियमका साथ योजनाबद्ध ढंगले अगाडी बढेको नगरप्रमुख आचार्यको भनाई छ । नगरप्रमुख आचार्यले हिजो चुनावमा जुन पार्टी र चिन्ह बाट चुनाव जिते पनि आज आम नगरवासीको साझा मान्छे भएकाले नगरको उन्नति प्रगति र विकासमा नगरवासीका आवजलाई सम्बोधन गर्दै अघि बढ्ने बताए । आफु सिकाईकै दौरानमा रहेकाले काम गर्ने दौरानमा कहि कतै कमि कमजोरी भए औल्याई दिएर सकरात्मक र रचनात्मक सल्लाह सुझावका लागि सवै राजनीतिक दल, विन्नि संघ संगठनलगायत नगरवासीसँग उनले आग्रह गरे ।
आफु नगरपालिकामा रहुञ्जेल र नगरवासीको हितमा इमान्दारीपूर्वक स्थानीय सरकारको अनुशासन परिधी अनि विधी र प्रक्रियामा रहेर कार्य सम्पादन गर्दै आफ्नो व्यक्तिगत कारणले नगरवासी र नगरको शिर झुक्ने काम कदावि नगर्ने नगरप्रमुख आचार्यले पटक पटक दोहोर्याए । पत्रकार सम्मेलनमा नगरप्रमुख आचार्यले राजनीतिक दलहरलाई कुनै भ्रममा नपर्न आग्रह गर्दै सत्यतथ्य बुझिदिन समेत आग्रह गरेका छन् । उहाँले सवै राजनीतिक दलहरुलाई काँधमा काँध मिलाएर आफ्नो नेतृत्वका स्थानीय सरकारलाई सहयोग गर्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा निमित्त प्रमुख प्रशासकिय अधिकृत अनन्तप्रकाश वस्ती इञ्जिनियर कमल कोइरालाले पत्रकारको जिज्ञशाको जवाफ दिएका थिए ।
Comments